बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

बिनालाई ‘मेरो संसार’ भनेर बोलाउँदै सरोज

काठमाडौँ- अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ आज युट्युबमार्फत सार्वजनिक भएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ ।

गायक बिन्ती कुमार अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छन् । उनले, गीतसंगीतलाई निरन्तर अगाडि बढाउने र दर्शकका लागि उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने बताए ।यो गीतको भिडियोेलाई निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् ।

विधानले गीतको भिडियोमा सरोज प्रजा र बिना राउतको प्रेम झल्काएका छन् । गीतको भिडियोमा विधानले गाउँबाट सहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् ।  भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।