प्रतिनिधि सभा विघटनको त्यो बिहान

प्रतिनिधि सभा विघटनपछि मुलुकमा अनेक तरंग देखिए । जसमध्येका केही तरंग हुन्— नेकपा दुई चिरा पर्नु, सर्वोच्च अदालत र निर्वाचन आयोगतिर सबैको नजर केन्द्रित हुनु ।
प्रतिनिधि सभा विघटनपछिका दृष्यहरू त हामीले छर्लङ्गै देखिरेका छौँ । तर, विघटनको सिफारिस हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा के भएको थियो ? विशेष गरी ५ गतेको सत्तारुढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र ओलीबीच के कुरा भयो ? यस विषयमा स्वयम् दाहाल नै बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दाहालले त्यो बिहानको घटनाक्रम यसरी प्रष्ट पारे :
मैले ११ बजे आउँछु भनेको त उहाँका विरुद्ध अविश्वासको प्रस्ताव १० बजे दर्ता गरेर प्रचन्ड ११ बजे आउन खोजेको भन्ने इलुजन भनुम् न, भ्रमको वातावरण त्यहाँ भयो। त्यसैकारण त्योभन्दा अगाडि नै क्याबिनेट बसेर संसद भंग गर्नेमा पुग्नुभएको सुचना पाएपछि नौबजे अगाडि नै तपाई कहाँ आउँछु, नौ बजे अगाडि नै आउँछु ।
संसद् भंग हुनुभन्दा अगाडि तपाईं र म कम्तीमा आधा घण्टा कुरा गरेपछि मात्रै डिसिजन (निर्णय) लिनुहोला किनकि मैले दुईटा विकल्प फेरि स्वयम् संविधान सभाका पूर्वअध्यक्ष, सभामुख सुवास नेम्वाङजीसँग मैले कुरा गरेको थिएँ ।
शंकर पोखरेलसँग कुरा गरेको थिएँ । हामी वरिष्ठ नेताहरुको बीचमा पनि र सचिवालयकाहरुसँग पनि कुरा भइरहेको थियो र मैले केही विकल्पका सम्भावना छन् भनेर मैले भनेको थिएँ । र, त्यसपछि उहाँले नौ बजे अगाडि आउनुहुन्छ भने ठीकै छ भन्नुभयो । फेरि पनि हुन्छ भन्नुभयो । र, म १० मिनेट अगाडि नै पुगेँ । उहाँ त म पुग्नुभन्दा पाँच मिनेट अगाडि क्याबिनेटमा जानुभएछ ।
अनि मलाई त आश्चर्य लाग्यो । मलाईचाहिँ क्याबिनेटभन्दा अगाडि भेट्ने सहमति दिएर म पुग्नुभन्दा अगाडि नै क्याबिनेटमा जाँदाखेरी मलाई त चिसो पस्यो । उहाँ त दुर्घटना गर्न गइहाल्नुभएछ क्यारे । म माथि गएँ, त्यहाँ सुवास नेम्वाङ हुनुहुन्थ्यो, शंकर पोखरेल हुनुहुन्थ्यो ।
मैले सुवास नेम्वाङलाई सोधेँ, किन उहाँ त गइहाल्नुभएछ, मैले भेट्ने भन्ने कुरा थियो भनेँ । होइन उहाँ त त्यो अस्तिको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश हो, त्यो चाहिँ फिर्ता लिने प्रक्रिया सुरु गरेर आउँछु भन्नुभयो मलाई त भन्दाखेरी अलिकति राहतजस्तो मैले महशुस गरेँ ।
अध्यादेश फिर्ता लिन जाने भनेको त ठीकै कुरा थियो । पाँचै मिनेटमा आउनुहुन्छ भनेपछि अध्यादेश फिर्ता लिइहाल्ने अरुचाहिँ मसँग कुरा गरेपछि मात्रै सोच्नुभएछ क्यारे भनेर अनि सुवास नेम्वाङ र म चिया पिएर बस्दै थियौँ । आउन त पाँच सात मिनेटमा उहाँ आउनुभो ।
तर, आउनु अगाडि नै मलाई मेसेज आयो कि उहाँले संसद विघटनको दर्ता गरि नै सक्नुभयो । पत्रकार साथीहरु, हामी इतिहासको यो मोडमा हामी सबैले बडो जिम्मेवारीका साथ इमान्दारीताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । यो जालीझेली तरिका अपनाएर कुनै सभा विघटन गर्ने तरिका र पार्टी विभाजनतिर जाने तरिका जुन गरिएको छ, नेपालको इतिहासमा एउटा ऐतिहासिक कलंकको रुपमा यो स्थापित भएको हामीले महसुस गरेका छौँ ।
०००
त्यस्तै शुक्रबार भएको पत्रकार सम्मेलनमा अन्य राजनीतिक गतिविधिबारे जानकारी दिइयो । मंसिर ७ गतेदेखि ९ गतेसम्म दाहाल–नेपाल खेमाको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरूबारे पनि जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा नेकपाका दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिस्ट आन्दोलन कमजोर पारेको आरोप लगाए । ‘उहाँ गणतन्त्र विरोधी मान्छे हो, त्यसैले उहाँलाई गणतन्त्र मन पर्दैन’, उनले भने,‘तानाशाही मान्छेलाई एलर्जी हुन्छ, त्यसैले उहाँ बैठकदेखि डराउनु भएको हो ।’
ओलीलाई सहयोग गर्नेहरू दास हुनेसमेत अध्यक्ष नेपालले दाबी गरे । ‘उहाँसँग जानेहरूलाई एउटै कुरा भन्ने हो, केपी ओलीलाई स्वीकार गरियो भने दास भइन्छ’, उनले भने ।
त्यस्तै वरिष्ठ नेपा झलनाथ खनालले पनि ओलीमाथि आरोपै आरोप लगाए । उनले ओलीमाथि शंज्ञा दिँदै रुखको बोक्रा चोइटिदैमा रुख ढलेको मान्न नसकिने प्रष्ट पारे । उनले भने,‘हाम्रो पार्टी जस्ताको तस्तै छ, पार्टी फुटेकै होइन ।’

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया