बैंकिङ कसुर गरी फरार महिला पक्राउ

लमजुङ - लमजुङमा बैंकिङ कसुरका फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेंशीसहर नगरपालिका–३ बसौला गाउँ बस्ने ३० वर्षीय प्रजिता गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनका अनुसार पक्राउ परेका महिलालाई उच्च अदालत पाटनबाट ०७७ पुस ५ गते एक दिन कैद र दुई लाख रूपौयाँ जरिवाना तोकिएको थियो । सोलगत्तै फरार रहँदै आएकी ती महिलालाई पक्राउ गरी सोमबार नै (आज) जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ । महिलाले जरिवानाबापतको रकम बुझाएको र एक दिन कैदका लागि जिल्ला कारागारमा जेल चलान गरेको प्रहरीको भनाइ छ ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया