पुरानो पुस्ताको अन्तिम जिल्ला सभापति बन्न सक्छु : विष्णु राई

खोटाङ - नेपाली कांग्रेस खोटाङका नवनिर्वाचित सभापति विष्णु राईले आफूलाई ‘पुरानो पुस्ताको अन्तिम सभापति’ हुनसक्ने बताएका छन् । कांग्रेसको नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन नेपाल प्रेस युनियनले सोमबार कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा जिल्ला सभापति राईले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय पार्टीमा पुवा पुस्ताको उपस्थिति बाक्लो हुँदै गएको अवस्थामा आफू जिल्लामा पुरानो पुस्ताको अन्तिम सभापति हुनसक्नेसमेत बताएका छन् । ‘भर्खरै सकिएको अधिवेशनमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व लैजान युवाले पहल कदमी गर्नुभयो । तर ५० कै दशकका नेतृत्वबीचबाट नेता छानिएको छ । म नै पुरानो पुस्ताको अन्तिम सभापति हुन सक्छु,’ सभापति राईले भने ।
नवनिर्वाचित सभापति राईले जनप्रतिनिधि गाउँ–गाउँमा पुगे पनि विकास निर्माणको काम हुन नसकेको टिप्पणी गरे । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई गाउँ–गाउँमा हिँडिरहेको भए पनि विकास निर्माणको सवालमा अपेक्षित प्रगति हुन नसकेको सभापति राईले संकेत गरे ।

सरकारले व्यापार होइन, नियमन गर्ने हो : सभापति देउवा

वाइसीएलका पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली बिधार्थीको `जेनेटिक पावर´ सशक्त छ: प्रधानमन्त्री ओली
जनताको राष्ट्रिय भावना बुझ्न एमालेका नेताहरूसँग अनुमति लिन आवश्यक छैनः पूर्वर…

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

प्रतिक्रिया