आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

ओली र भीम रावलले पनि गरे मतदान

काठमाडौँ - एमालेको नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी दिएका केपी शर्मा ओली र भीम रावलले मतदान गरेका छन् । १० औँ महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिएका दुवै जनाले विद्युतीय प्रणालीमार्फत मतदान गरेका हुन् । 

सहमतिका लागि थुप्रै प्रयास भएपनि रावलले उम्मेद्वारी फिर्ता नलिएपछि अन्ततः वर्तमान अध्यक्ष ओली र रावलबीच एमालेको नयाँ अध्यक्षका लागि चुनाव भएको हो । अध्यक्षसँगै उपाध्यक्ष, सचिव र खुला सदस्य लगायत पदमा पनि मतदान भइरहेको छ ।

सौराहामा तोकिएको समयभन्दा दुई घण्टा ढिलो सुरु भएको मतदानमा ओली र रावल पनि सहभागि भएका हुन् । ओलीले पहिले मतदान गरेका थिए भने रावलले ओलीपछि मतदान गरे । मतदान प्रक्रिया सहज भएको पनि ओली र रावलले पत्रकारलाई प्रतिक्रिया दिएका छन् ।