कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

काठमाडौँ- नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले साेमबार सूचना जारी गर्दै जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिए ।
यसअघि मंसिर १३ र १४ का लागि जिल्ला अधिवेशन तोकिएको थियो । निर्वाचन समितिले क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिको मतपरिणाम ढिला आउनु, प्रदेश अधिवेशन १६ र १७ का लागि तोकिएको कारण जिल्ला र प्रदेश अधिवेशन जुध्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको जनाएको छ ।
प्रदेश अधिवेशनपश्चात जिल्ला नेतृत्व, केन्द्रीय निर्वाचन समितिसँग छलफल गरि निर्वाचन तालिका जतिसक्दो चाँडो सार्वजनिक गर्ने पनि निर्वाचन अधिकृत महतले बताए ।
यसअघि मंसिर २ गते जिल्ला नेतृत्व र पार्टीकाे जिल्ला निर्वाचन समिति बसेर वडा, पालिका, क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने मिति तय गरेकाे थियाे । साेही अनुसार वडा, पालिका र क्षेत्रीय अधिवेशन सकिसकेकाे छ ।

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

प्रतिक्रिया