भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल

चितवन- नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् ।
पार्टीको १० महाधिवेशन स्थल चितवनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष पदमा उम्मेद्वारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिव पदका उम्मेद्वारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो । जसलाई रावलले आचारसंहिताविरपरीत भएको आरोप लगाएका थिए ।
तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् ।
‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेद्वारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले पत्रकारसँग भने ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया