क्रिसमसमा जित उपहार मागिरहेका प्रशिक्षक

काठमाडौँ : इंग्लिस प्रिमियर लिगका क्लबहरुमा प्रतियोगिता जारी रहँदै प्रशिक्षक बर्खास्ती हुने र नयाँ नियुक्त हुने घटना नौलो होइन । साना मानिएका देखि ठूला भनिएका सबै क्लबमा प्रशिक्षक परिवर्तन गरिन्छ । त्यो पनि सिजनको बीचमै । यस सिजन प्रिमियर लिगमा बर्खास्तीमा पर्ने पहिलो प्रशिक्षक बने, स्लाभेन बिलिच ।
बिलिचले यस सिजन वेस्टब्रुमलाई १४ खेल मात्र खेलाउन भ्याए । लिगमा ‘रेलिगेसन ब्याटल’ बलियो हुँदै गएको अवस्थामा अन्य प्रशिक्षक पनि बर्खास्तीमा पर्ने निश्चित छ । त्यस्तो सम्भावना बोकेका तीन प्रशिक्षकका बारेमा यस आलेखमा विश्लेषण गरिनेछः
मिकेल आर्टेटा, आर्सनल
आर्सनलले उनाइ एम्रीलाई बर्खास्ती गरेपछि मिकेल आर्टेालाई क्लबमा ल्याउन धेरै मेहेनत ग¥यो । म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाका सहायक रहेका आर्टेटाले आर्सनलमा आएपछि लन्डन क्लबले सुरुवाती सफलता हासिल नगरेका होइनन् । आर्टेटाले आर्सनललाई एफए कप र कम्युनिटी शिल्ड जिताउँदा, क्लबमा नयाँ युग सुरु भएको मानियो ।
तर आर्टेटाले उही लय कायम राख्न सकेनन् । उनको नेतृत्वमा आर्सनलले फेरी खराब नतिजा निकाल्न थाल्यो । त्यही कारण, जारी लिगमा आर्सनल १४ खेलबाट १४ अंक बटुल्दै १५ औ स्थानमा छ । लिगमा लगातार जित विहिन रहेको आर्सनलले यसै शनिबार सहरी प्रतिद्वन्द्वी चेल्सीलाई घरेलु मैदानमा स्वागत गर्दा आर्टेटा दबाबमा हुनेछन् । पूर्व क्लब कप्तानको प्रशिक्षणमा रहेको आर्सनल चेल्सी भन्दा ११ अंकले पछि छ । त्यति मात्र होइन, आर्सनलले यो सिजन सन् १९७४/७५ यताकै खराब सुरुवात गरेको छ । १२ गोल गर्दा १८ गोल खाएको आर्सनल रेलिगेसन क्षेत्र भन्दा चार अंकले मात्र माथि छ ।
आर्सनल सन् १९१२/१३ यता इंग्लिस फुटबलको पहिलो श्रेणीबाट घटुवा भएको छैन । लामो समय पहिलो श्रेणीमा रहेर आफुलाई प्रिमियर लिगको शक्तिमा रुपान्तरण गरेको आर्सनल यस सिजन घटुवामा पर्ने सम्भावना कती छ ? यसै भन्न सकिँदैन । तर क्लब प्रशासन भने डराएको अवस्था छ । त्यसैले होला, आर्सनलले यस सिजन घटुवामा परे खेलाडीहरुको तलब कटौती गर्ने निर्णय लिइसक्यो ।
आर्सनलको घटुवामा पर्ने अवस्था आउनुअघि नै आर्टेटा बर्खास्तीमा पर्ने अनुमान गर्न ग्राहो छैन । उता आर्टेटा भने, क्लबले आफुमाथि विश्वासलाई जारी राखोस भन्ने चाहान्छन् । त्यसो त गत मंगलबार आर्टेटासँग काम गरिसकेका ग्वार्डिओलाले आफ्ना पूर्व सहायकको बचाउ गरे । ‘अहिले साचे जस्तो नतिजा नआए पनि आर्टेटाले आउँदा खेलमा पक्कै राम्रो गर्नेछन् । फुटबलमा क्लबको लय परिवर्तन हुन एक साता समय पर्याप्त हुन्छ । त्यसकारण, आर्टेटालाई विश्वास गरिनुपर्छ ।’ ग्वार्डिओलाले भने । तर खराब नतिजाले निरन्तरता पाए आर्सनल व्यबस्थापनले ग्वार्डिओलाको अनुरोध सुन्ने सम्भावना रहँदैन ।
स्टिभ ब्रुस, न्युकासल युनाइटेड
स्टिभ ब्रुस इंग्लिस फुटबलमा घटुवा र बढुवाका बारेमा जानकार छन् । अनि प्रिमियर लिगमा भोगिने उत्तार चढावका विषयमा पनि । प्रिमियर लिग अंक तालिकामा १२ औ स्थानमा रहेको उनी नेतृत्वको न्यूकासल हालै दोस्रो श्रेणीको बे्रन्टफोर्डसँग पराजित हुँदै लिग कपको क्वार्टरफाइनलबाट बाहिरियो । घरेलु कपबाट बाहिरिए पनि न्यूकासल प्रिमियर लिग अंक तालिको मध्यक्रममा रहेकाले उनी दबाबमा रहेको देखिदैनन् ।
तर शनिबार म्यानचेस्टर सिटी र त्यसको केही दिनपछि लिभरपुलको सामना गर्नुपर्ने हुँदा न्यूकासल आउँदा सातामा अंक तालिकामा अहिलेको स्थानबाट झर्ने निश्चित छ । ५९ वर्षिय ब्रुससँग क्लब मालिक माइक आस्ले खुशी भएपनि सर्मथक भने निराश छन् । ब्रुसको खेलाउने शैलीलाई लिएर न्यूकासल सर्मथक ओलाचना गरिरहेका छन् । त्यसो त, टिमका महत्वपूर्ण खेलाडी कप्तान जमाल लोसल र एलन सेन्ट माक्सिम कोरोना भाइरस संक्रमणका कारण मैदान बाहिर रहेका कारण पनि ब्रुसले समस्या भोगिरेहका छन् ।
न्यूकासलका खेलाडी प्रशिक्षकसँग खुशी नभएको खबर आइरहेका बेला ब्रुसले भने त्यसको खण्डन गरेका छन् । बे्रन्टफोर्डसँग पराजित भएपछि पत्रकारसँग कुरा गर्दै ब्रुसले सबै खेलाडी आफुसँग खुशी रहेको र आफुले भने बमोजिम नै खेलिरहेको बताएका थिए ।
क्रिस वाल्डर, सेफिल्ड युनाइटेड
जारी सिजन वेस्टब्रुम भन्दा अर्को कुनै टिमले खराब प्रदर्शन गरेको छ भने, त्यो सेफिल्ड युनाइटेड हो । १४ खेल खेल्दा दुई अंक बटुलेको सेफिल्डले अहिले सम्म प्रशिक्षक क्रिस वाल्डरलाई हटाइहालेको छैन ।
प्रिमियर लिग इतिहासमै खराब सुरुवात गरे पनि सेफिल्डले आफ्ना प्रशिक्षक ५३ वर्षिय वाल्डरमाथि भरोसा राखिरहेको छ । गत सिजन सेफिल्डलाई प्रिमियर लिगमा बढुवा गराउँदै नौऔ स्थान दिलाएका वाइल्डर त्यही सफलताको ब्याजमा टिकिरहेका छन् । तर लिगमा जितविहिन रहेको सेफिल्डले वाइल्डरप्रति कहिले सम्म धैर्यता राख्छ, त्यो जान्न केही खेलको नतिजा पर्खिनै पर्ने अवस्था छ ।
यसै शनिबार सेफिल्डले एभरटनको सामना गर्दैछ भने त्यसको केही दिनपछि बर्नलीसँग आमनेसामने हुनेछ । गत साता ब्राइटनसाग बराबरी खेलेको सेफिल्डले त्यसअघि म्यानचेस्टर युनाइटेडविरुद्धको खेल ३–२ ले गुमाएको थिए । यी दुई खेलको नतिजाका आधारमा वाइल्डरलाई प्रश्न गर्न नमिले पनि चार दिन पछि बर्नलीसँगको खेलले उनको भविष्य तय गर्न सक्नेछ । (एएफपीबाट)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया