अध्यक्षबाहेक कुनै पदमा मेरो उम्मेदवारी छैनः भीम रावल

चितवन- नेकपा एमालेका नेता भीम रावलले अध्यक्षबाहेक कुनै पदमा आफ्नो उम्मेदवारी नभएको स्पष्ट पारेका छन् । मतपत्रमा सदस्यमा पनि भीम रावलको नाम भएपछि सञ्चारकर्मीले राखेको जिज्ञासामा रावलले अध्यक्ष पदबाहेक अन्यमा उम्मेदवारी नभएको स्पष्ट पारेका हुन् ।
उनले भने, 'अध्यक्षबाहेक अन्य पदमा मेरो उम्मेदवारी छैन । अरु (केन्द्रीय सदस्य) पदमा जिते पनि सपथ लिन्न। अध्यक्षमा मात्रै जिते सपथ लिन्छु।'
मतपत्रमा रावलको केन्द्रीय सदस्यमा पनि नाम पाइएको थियो । यसअघिको आठौं महाधिवेशनमा पनि आफ्नो नाम केन्द्रीय सदस्यमा पनि राखिएको उनले बताए ।
रावलले नेकपा एमाले र निर्वाचन आयोगको आचारसंहिता विपरीत केही समूहले समूहगत सूची बाँडेको प्रति आपति जनाएका छन् । आचारसंहिता विपरीत समूहगत सूची बाड्न नपाइने भएपनि एमाले महाधिवेशनमा मतदानका लागि जाने प्रतिनिधिलाई समूहगत सूची बाँडिएको थियो ।
रावलले भने, 'मैले रोक्न प्रयास गरे सुरक्षाकर्मीलाई पनि भने तर त्यो रोकिएन, मैले थाहा पाउँदासम्म एक रिम समूहगत सूची बाँडिसकेका रहेछन् ।'
निर्वाचन समिति र सुरक्षाकर्मीलाई त्यसबारे जानकारी गराउँदा हातपातको समेत प्रयास भएको उनले बताए ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया