एमालेको प्रथम विधान र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

चितवन - चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
सात करोड ५० लाख अनुमान गरिएकोमा दुई दिन लिम्बँदा नौ करोड खर्च हुन पुगेको उनले बताए ।
‘दुई दिन महाधिवेशन लम्बिनु अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्न एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’
उनका अनुसार ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो ।

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया