मतगणना सुरु, २ घण्टामा परिणाम

चितवन - सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेबाट मतगणना सुरु भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना सुरु गरिएकाे जानकारी दिए ।
दाहालले दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना सुरु गरेकाे दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।
महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका उनले बताए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए ।
महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताइ ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो । रासस

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी
ओलीभन्दा १० बुँदे पक्षधर ‘पपुलर’

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

यस्तो छ एमाले निर्वाचनमा ओली र रावलको प्रारम्भिक मत परिणाम

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति हटाउँछः शेर…

केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थलमा हुने

अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

प्रतिक्रिया