आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट तीन जनाले उम्मेद्‍वारी दिने घोषणा

कैलाली- नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट तीन जनाले उम्मेद्‍वारी दिने घोषणा गरेका छन् ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उम्मेद्‍वारी दिने घोषणा गरेका हुन् । 

बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेद्‍वारी दिने घोषणा गरेका छन् ।