शनिबारदेखि काठमाडौंमा ६ दिन बिराएर खानेपानी, यस्तो छ हिउँदे तालिका

काठमाडौं : सरकारी स्वामित्वको कम्पनी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले शनिबारदेखि ६ दिन बिराएर खानेपानी वितरण गर्ने भएको छ । महांकालचौर पानी पोखरीबाट पानीको उत्पादन कम भएपछि पुस महिनाभर नयाँ तालिका अनुसार पानी वितरण गर्ने भएको हो ।
शुक्रबारसम्म महांकालचौरबाट ५ दिन बिराएर खानेपानी विरतण भइरहेको छ । सुख्खायाममा पानीको उत्पादन कम भएकाले ६ दनि बिराएर खानेपानी वितरण गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । महांकाल चौरबाट महांकाल, बानेश्वर, महाराजगञ्ज, क्षेत्रपाटी, त्रिपुरेश्वर, लगायतका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको छ ।
६ दिन बिराएर पानी आउने गरी पुस मसान्तसम्मको तालिका जारी गरेको छ । कम्पनीले सुख्खा मौसममा अहिले दैनिक ९ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गरिरहेको छ ।
काठमाडौंका कुन कुन ठाउँमा कति बजे आउँछ पानी ?

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

रामेछापमा फौजी कीराको प्रकोप

काभ्रे बाढी पहिरो : अस्थायी आवास बनाउन ८ महिनापछि पहिलो किस्ताको अनुदान पठ…

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

प्रतिक्रिया