‘एक्स नाइन’मा कलाकारको थुप्रो, थपिए सुधांशु जोशी

काठमाडौँ - सुटिङका लागि जोडतोडका साथ तयारी गरिरहेको ‘एक्स नाइन’ले कलाकार अनुबन्ध गर्ने सिलसिला भने रोकेको छैन । बलिउडका सुनिल सेठ्ठीलाई समेत अनुबन्ध गरेको दाबी गरिरहेको निर्माण टिमले मंगलबार सुधांशु जोशीलाई अनुबन्ध गरेको जनाएको छ ।
सुधांशुले ‘जाली रुमाल’, ‘नेपाल’ आदि फिल्ममा काम गरेका छन् । १५ वर्ष अगाडि ‘नेपाल’को निर्माण तथा अभिनय गरेका सुधांशु जोशी लामो समयदेखि अमेरिका बस्दै आएका छन् ।
जनवरीदेखि फ्लोरमा जाने चर्चामा रहेको फिल्ममा पहिले नै अनमोल केसी, सौगात मल्ल, अनुपविक्रम शाही, पुष्प खड्का, नबिन लम्साल, राज कटुवाल आदि कलाकार अनुबन्ध भइसकेका छन् । अभिनेत्रीमा भने निर्देशक मुकुन्द भट्टले नयाँ कलाकार भित्र्याउने तयारी गरिरहेको बताएका छन् ।
यो फिल्मको सुटिङ विदेशमा हुँदैछ । निर्देशक मुकुन्द भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनको पर्खाइमा रहेको छ । यो फिल्म फागुन १३ मा प्रदर्शनमा आउने चर्चा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया