आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

नेकपा एमालेको अध्यक्षमा फेरि ओली निर्वाचित

फाइल फोटो

चितवन - नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । मंगलबार बिहान भएको मतदानमा ओलीले १८०८  मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी भीम रावलले २१३  मत ल्याए ।

निर्वाचन आयोगले औपचारिक निर्वाचित भएको घोषणा गर्न बाँकी छ । जितसँगै ओलीले फेरि पाँच वर्षका लागि नेकपा एमालेको नेतृत्व गर्ने भएका छन् । यसअघि काठमाडौँमा भएको ९ औँ महाधिवेशनमा पनि माधव नेपाललाई हराउँदै ओली निर्वाचित भएका थिए ।