यस्ताछन् मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौँ – सरकारले कोभिडको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण नेपालमा भित्रिन नदिन सजगता अपनाउन सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरूको सरुवा गरेको छ भने चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८, प्रहरी नवौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले रेडियो सञ्चार लाइसेन्स पाँचौँ संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाल बिधुत प्राधिकरण कृष्णनगर चन्द्रौटामा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया