एमाले महाधिवेशन : कसले कति पाए मत ?

काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ८ सय ३७ मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए । ओलीले एकलौटी निर्णय गरेर प्रारम्भीक सूची सार्वजनिक गरेर घोषणा गर्न नदिएका रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।
यसपटक ३३ जनाले नो भोट प्रयोग गरेका छन् ।
एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकप्रिय मत ल्याइन् । २०९६ मतमध्ये उनले १९७६ मत प्राप्त गरिन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १ हजार ८४२ मत, रामबहादर थापाले १७६८ मत ल्याएर उपाध्यक्ष निर्वाचित भए । घनश्याम भुसाल भने ७२५ मात्र भोट ल्याएर पराजित भए ।
सात जना सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले लोकप्रिय मत ल्याए । उनले १९७४ मत ल्याए । योगेश भट्टराईले १९६४, पद्मा अर्याल १७९९ र छविलाल विश्वकर्माले समान १ हजार ८ सय ३, माओवादी परित्याग गरेर एमाले बनेका लेखराज भट्टले १७०४ र टोपबहादुर रायमाझीले १८०४, रघुवीर महासेठ १५०० मत ल्याएर सचिव भए । भीम आचार्य र टंक कार्की भने पराजित भए । आचार्यले ७६८ मत प्राप्त गरे भने कार्कीले ५५९ ल्याए ।

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_IJwY8iZU0d_pk2fz0vmu4qydexf4gzeufiarrehp0eeehqy20ri5btg5itscqpiep5qoq6p.jpg)
तस्बिरमा राजावादीहरूको मोटरसाइकल र्याली

प्रतिक्रिया