यस्तो देखियो एमालेको १०औँ महाधिवेशनको अन्तिम बन्द सत्र (फोटो फिचर)

काठामडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनको अन्तिम बन्दसत्र जारी छ । बन्दसत्रमा नयाँ नेतृत्वको घोषणा तथा शपथ हुँदैछ । एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ८ सय ३७ मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए ।
ओलीले एकलौटी निर्णय गरेर प्रारम्भीक सूची सार्वजनिक गरेर घोषणा गर्न नदिएका रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।
यसपटक ३३ जनाले नो भोट प्रयोग गरेका छन् ।
एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकप्रिय मत ल्याइन् । २०९६ मतमध्ये उनले १९७६ मत प्राप्त गरिन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६ र युवराज ज्ञवालीले १ हजार ८४२ मत, रामबहादर थापाले १७६८ मत ल्याएर उपाध्यक्ष निर्वाचित भए । घनश्याम भुसाल भने ७२५ मात्र भोट ल्याएर पराजित भए ।
सात जना सचिवका लागि भएको निर्वाचनमा गोकर्ण विष्टले लोकप्रिय मत ल्याए । उनले १९७४ मत ल्याए । योगेश भट्टराईले १९६४, पद्मा अर्याल १७९९ र छविलाल विश्वकर्माले समान १ हजार ८ सय ३, माओवादी परित्याग गरेर एमाले बनेका लेखराज भट्टले १७०४ र टोपबहादुर रायमाझीले १८०४, रघुवीर महासेठ १५०० मत ल्याएर सचिव भए । भीम आचार्य र टंक कार्की भने पराजित भए । आचार्यले ७६८ मत प्राप्त गरे भने कार्कीले ५५९ ल्याए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया