मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : मुख्यमन्त्री राई

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धनमा रहेका केही पार्टीको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकाले प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको आज अनुगमनपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले कार्य क्षेत्र मिलाएर मन्त्रीको सङख्या केही बढाउने सम्बन्धमा गठबन्धनमा रहेका दलहरुबीच आन्तरिक तयारी भइरहेको र बैठक बसी चाँडै मन्त्रिमण्डललाई पूर्णता दिइने जानकारी दिए ।
उनले विगतको सरकारले पेश गरेको बजेट पुनरावलोकन हुने जनाउँदै आर्थिक स्रोत साधन कसरी जुटाउने तथा अनावश्यक राखिएको बजेटको कटौती हुने बताए । मुख्यमन्त्री राईले व्यक्ति कुन पार्टी हो नभनी रित नपुगी विगतको सरकारले गठन गरेको बोर्डलाई सच्चाउने जानकारी दिए ।
उनले गठबन्धन दलको न्यूनतम साझा कार्यक्रमको खाका तयार भइसकेको जानकारी दिँदै दललाई इमेल पठाइएको र बैठक बसी सार्वजनिक गरिने बताए । मुख्यमन्त्री राईले प्रदेशको नाम राख्नका लागि कार्यदल गठन गर्ने, प्रक्रिया अगाडि बढाउने र संसद्को बैठकमा प्रवेश गराई बहुपक्षीय छलफल एवं सहमतिमा टुङ्ग्याउन सरकारको ध्यान गएको प्रष्ट पारे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया