दिउँसो दाहालसँगै आन्दोलनमा, साँझ ओलीको क्याबिनेटमा मन्त्री

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित गौरीशंकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
चौधरीले शुक्रबार दिउसोसम्म पनि पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहलाई साथ दिएका थिए । ‘शुक्रबार बिहान दाहाल–नेपाल समूहले सडक आन्दोलन गर्दा गौरीशंकर चौधरी पनि प्रधानमन्त्री ओली विरुद्धको आन्दोलनमा सहभागी थिए,’ सोही आन्दोलनमा सहभागी नेकपाका एक जना केन्द्रीय सदस्यले भने, ‘आन्दोलनबाट केही समयका लागि उनी बाहिरिएका थिए । साँझ मन्त्रीको सूचीमा उनको नाम पनि सुने ।’
यता मन्त्री बनेपछि ईकागजसंग कुराकानी गर्दै चौधरीले भने, ‘संसद विघटनपछि म दाहाल–नेपाल समूहमा थिए । त्यो कुरा सत्य हो । तर सो समूहका टाउकेहरू स्वार्थको लडाइमा व्यस्त थिए । हामीले मात्रै सधै उनीहरूको पछिपछि लाग्नुपर्ने कारण छैन् ।’ उनले जिल्लामा आफ्नो मातहतमा रहेका नेताहरुलाई केन्द्रीय सदस्य बनाएको तर आफुलाई पार्टीमा कुनै भूमीका नदिएकोले पनि दाहाल–नेपाल समूह छोडेको बताए ।
यता नेकपा कैलालीका एक नेताले भने मन्त्री चौधरीविरुद्ध करोडौँको मुद्धा परेको र सोही मुद्धा मिलाउने सहमतिमा उनले दाहाल–नेपाल समूहलाई छोडेर ओलीलाई साथ दिएको बताए । ‘बालुवा, गिट्टीको ठेक्का पाउँदा चौधरीसहितको टीमले बैंकबाट ऋण लिएको थियो ।
ऋण तिर्न नसकेपछि अहिले चौधरीको घरजग्गा लिलाम हुँदैछ । सोही ऋण तिर्नका लागि उनले ओलीलाई साथ दिएर मन्त्री भएका हुन्’ ति नेताले ईकागजलाई भने । यसअघिसम्म चौधरी प्रचण्ड निकट मानिन्थे । प्रचण्ड सरकारमा उनी कृषि मन्त्री भएका थिए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया