शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

बेलायतले १८ वर्षमाथिकालाई 'कोभिड बुस्टर डोज' दिने

फाइल फोटो

काठमाडौँ - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिएका छन् ।उहाँले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले भने- सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताए ।

उहाँले अब अहिलेकै अवस्थामा बेलायतमा अर्काे लकडाउन नगरिने पनि प्रष्ट पारे। उनले भने नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनका अवस्था  भने नआउने बताए ।