उच्च अदालतको आदेशपछि उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभा स्थगित

विराटनगर : उच्च अदालतको आदेशपछि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को आज हुने भनिएको साधारणसभा तथा निर्वाचन स्थगित भएको छ । साधारणसभाबाट कार्यकारिणी समितिमा अध्यक्षसहित १३ जना चयन गर्ने कार्यक्रम थियो । उच्च अदालत विराटनगरले निषेधाज्ञायुक्त परमादेश जारी गरेपछि निर्वाचन स्थगित भएको सुचना प्रदेश समितिले जारी गरेको छ ।
उद्योगी सुशील धनावतले नेपाल उद्योग महासंघको विधान विपरीत निर्वाचन गर्न लागेको भन्दै उच्च अदालत विराटनगरमा मुद्धा दायर गरेका थिए । धनावतले महासंघको विधान अनुसार साधारण सदस्यलाई अधिवेशनको सूचना ३० दिनअघि गरिनु पर्नेमा पुस ११ गते अधिवेशन हुँदै छ भनेर पुस २ गते मात्र सूचना जारी गरिएको दाबी गरेका थिए । महासंघको विराधन अनुसार साधारण सभा हुने मिति ३० दिन पहिलानै तय गरी साधारण सदस्यहरूलाई जानकारी गराउनु पर्ने हुन्छ ।
अदालतले शुक्रबार निवेदकको पक्षमा अन्तरिम आदेश जारी गर्दै पौष १४ गतेको तारेख तोकी विपक्षीलाई छलफलका लागी बोलाएको छ । ‘प्रस्तुत निवेदनमा अन्तरिम आदेशको समेत माग गरेको देखिदा दुवै पक्षको छलफलबाट सो सम्बन्धमा निर्णय हुने उपयुक्त हुने भएकाले अन्तरिम आदेशको छलफलका लागी निवेदकलाई मिति २०७७/०९ र १४ को तारेख तोकी सो को सूचना विपक्षीहरूलाई समेत दिई उक्त अवधिसम्मका लागी प्रकाशित सूचना अनुसारको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को निर्वाचन नगर्नु नगराउनु भनि विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ,’ उच्च अदालतका न्यायाधीश राजन प्रसाद भट्टराइएको एकल इजलासले दिएको निषेधाज्ञायुक्त परमादेशमा भनिएको छ ।
उक्त मुद्धामा निवेदकको तर्फबाट अधिवक्ताहरू शान्तिराम भण्डारी, सिताराम राई, रामप्रसाद भण्डारी, पुनमप्रसाद गुप्ता र विनोदकुमार तिमल्सेनाले बहस गरेका थिए ।

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया