कार्यवाहक प्रधानन्यायाधीश तोक्न माग गर्दै सर्वोच्चमा मुद्दाकाे सुनुवाइ रोकियो
काठमाडौँ - सर्वोच्च अदालतको कार्यवाहक प्रधानन्यायाधीश तोक्न माग गर्दै कानुन व्यवसायीले इजलासको सुनुवाइ रोकेका छन् । कोभिड–१९ संक्रमण भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आइसोलेसनमा बसेपछि प्रधानन्यायाधीश अनुपस्थित हुँदा कार्यवाहक तोक्नुपर्ने माग गर्दै नेपाल बार, सर्वोच्च बारका पदाधिकारीसहित कानुन व्यवसायीले इजलास रोक्न माग गरेपछि सर्वोच्चमा मुद्दाको सुनुवाइ रोकिएको हो ।
संविधानको धारा १२९ को दफा ६ मा न्यायालयको प्रमुख अनुपस्थित हुँदा कार्यवाहक तोक्नुपर्ने व्यवस्था रहेको भन्दै संविधानअनुसार कार्यवाहक प्रधानन्यायाधीश तोकेर मात्रै सुनुवाइ सुरु गर्नुपर्ने माग गरिएको अधिवक्ता टीकाराम भट्टराईले बताए । प्रधानन्यायाधीश राणाले कार्यवाहक नतोकेरै आइसोलेसनका लागि एपीएफ अस्पताल पुगेका छन् ।
‘आजको दिनमा न्यायालयको प्रमुख को हो ? भनेर हामीले प्रश्न गर्दै मुद्दाको सुनुवाइ रोक्न माग गरेका छौँ,’ अधिवक्ता टीकाराम भट्टराईले इकागजसँग भने, ‘हाम्रो मागपछि मुद्दाको सुनुवाइ रोकिएको छ । तत्काल कार्यवाहक तोक्न माग गरेका छौँ ।’
प्रधानन्यायाधीश राणालाई दुई दिनअघि कोभिड–१९ संक्रमण भएको थियो । सर्वोच्चमा बुधबार पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै प्रदर्शन गरेका कानुन व्यवसायीले कार्यवाहक प्रधानन्यायाधीश तोक्न माग गरेका हुन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया