स्वास्थ्य मन्त्रालयले भन्यो : अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू

काठमाडौँ- सरकारले अतिआवश्यक कामबाहेक विदेश भ्रमणमा नजानलाई आग्रह गरेको छ । कोभिड-१९ को ओमीक्रोन भेरियन्टलाई लक्षित गरी विदेश भ्रमण नगर्न र सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।
ओमीक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका मानिसहरूलाई असर पार्ने देखिएको मन्त्रालयले जनाएको छ । संक्रमण रोक्न सबै जिम्मेवार बनी जनस्वास्थ्यका मानपदण्डहरू पालना गर्नुपर्छ । कोभिडविरुद्धको खोपले कोभिडबाट सुरक्षित र पायक पर्ने ठाउँमा गएर खोप लगाउनलाई अनुरोध गरेको छ ।
अफ्रिकी मुलुकमा देखा परेको ओमीक्रोन भेरियन्ट (B.1.1.529) एशियाका केही मुलुकमा देखा परिसकेको छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्नको रुपमा घोषणा गरिसकेको छ ।
नेपालमा उक्त भेरियन्ट फेला नपरेको र परीक्षणको दायरालाई फराकिलो पारेको मन्त्रालयले जनाएको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया