राजतन्त्र फर्काउँछौं : कमल थापा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र फर्काउने घोषणा गरेका छन् । पार्टीको जारी राष्ट्रिय महाधिवेशको उद्घाटन समारोहमा बोल्दै थापाले यस्तो बताएका हुन् ।
सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने थापाको उद्घोष छ । पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उनले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने दाबी गरे ।
उनले राप्रपाले ‘राजा आउ देश बचाउ’ भन्ने नारा छाडेर ‘जनता आउ राजा ल्याउ’ भन्ने नारा लगाउने बताए । उनले आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा मागेका छन् भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गरेका छन् । थापाले आगामी निर्वाचनमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गरे । विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएकोसमेत बताए ।

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया