भलिबलका पूर्वमूख्य प्रशिक्षक सुदेश रिमालको निधन

काठमाडौं : भलिबलका पूर्वमूख्य प्रशिक्षक सुदेश रिमालको निधन भएको छ । ब्रेनह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत रिमालको ५६ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
रिमालको सम्मानमा आज (शनिबार) राष्ट्रिय खेलकुद परिषद्ले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । राष्ट्रिय खेलाडीदेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका सुदेशको अन्तिम सम्मानमा राखेपले त्रिपुरेश्वरमा श्रद्धाञ्जली सभा गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकलुद परिषद्को हातामा कार्यक्रम आयोजना गरी पूर्वमुख्य प्रशिक्षक सुदेशको श्रद्धाञ्जली सभा गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले आइतबार राखेपमा बिदा दिने निर्णय समेत गरेको छ ।
पर्साको वीरगन्जमा जन्मिनु भएका रिमाल पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा काम गर्दै आएका थिए । गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षकसमेत रहेका सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो ।
दोस्रो पुस्ताको रुपमा चिनिएका रिमाल २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेर सन १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गरेका थिए । विभिन्न कोर्स पूरा गरेका रिमालले राष्ट्रिय टोलीको जिम्मेवारी पनि सम्हालेका थिए ।
२०४२ सालमा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सुदेश नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय टोलीमा डेब्युु गरेका थिए । ओपन स्पाइकरको पोजिसनबाट खेल्दै आएका सुदेश सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा प्रमुख प्रशिक्षक रहेका थिए । मध्यम प्रदर्शन गर्ने सुदेशको अन्तिम श्रृद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्षसहित विभिन्न पदाधिकारी, नेपाल भलिबल संघका पदाधिकारी देखी भलिबल खेलाडी उपस्थित भएका थिए ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया