कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश रसाइलीद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ - प्रकाश रसाइलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी पार्टीको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उनले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने निधो गरेको बताए ।
नेपाल दलित संघका पूर्वकेन्द्रीय महासचिव रसाइलीले समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसमा आमनागरिकका मुद्दा उठाउन आफूले उम्मेदवारी दिएको बताउँदै कांग्रेसले निम्न आय भएका तथा सुकुम्वासी, भूमिहीन, दलित, मजदूर वर्गका मुद्दालाई उठाउनुपर्ने धारणा व्यक्त गरे । ०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसबाट समानुपातिक संघीय सांसद उनी विद्यार्थी कालबाटै कांग्रेस राजनीतिमा सक्रिय छन् ।

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया