कांग्रेस सोलुखुम्बु सभापतिमा शेर्पा

सोलुखुम्बु - नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जांबु शेर्पा विजयी भएका छन् । आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोद बस्नेतलाई १ सय ४२ मत अन्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।
मंसिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले कांग्रेसको विधान वमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मंगलबार भएको हो । कूल ८ सय ९७ मत खसेकोमा सोलु दूधकुण्ड नगरपालिकाका प्रमुखसमेत रहेका शेर्पाले ५ सय १३ र बस्नेतले ४ सय ७१ मत प्राप्त गरेका हुन् ।
पहिलो चरणको निर्वाचनमा ८ सय ८२ मत खस्दा बस्नेतले ४ सय २८ र शेर्पाले ४ सय १८ मत प्राप्त गरेका थिए भने सभापति पदका अर्का उम्मेद्वार राम बस्नेतले ५ मत प्राप्त गरेका छन् । अघिल्लो मतपरिणाम अनुसार १० मत अन्तरले अगाडि रहेका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १ सय ४२ मत अन्तरले हार बेहोरेका छ ।

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दरिलो हुन्छः राष्ट्रपति पौडेल

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री ओली

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै

२ बुँदे सहमतिबारे विराटनगरमा प्रचण्डलाई प्रश्नैप्रश्न

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

प्रतिक्रिया