बुधबार थपिए ३१६ कोभिड संक्रमित

काठमाडौँ - नेपालमा बुधबार ३ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ९ सय १९ पिसिआर परिक्षणका क्रममा २ सय ८५ जना र १ हजार ८ सय ८ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोभिड संक्रमितको संख्या ९ लाख १७ हजार १ सय ८० पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय २९ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ५९ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ३ हजार १ सय ६८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ९ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया