सोमबारको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदम विरुध्द पुस १३ गते प्रदर्शनमा सहभागी बन्न अपिल गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सबैमा सक्रिय सहभागिताका लागि त्यस्तो अपिल गरेका हुन् ।
कांग्रेसले प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुध्दमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको छ ।
जारी केन्द्रीय समिति बैठकमा आफैले प्रदर्शन गर्ने प्रस्ताव गरेर सर्वसम्मत निर्णय गरी पार्टीको सम्पूर्ण ध्यान प्रदर्शनमा गरेको देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्,’ पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुध्द ऐक्यबध्दता प्रकट गर्न अपिल गर्दछु ।’
देउवाले विघटनकै दिन पार्टीका वर्तमान र पूर्वपदाधिकारीहरूको बैठकबाट विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख गरेका छन् । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुध्द कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको उनको भनाइ छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया