विराटनगर र वीरगञ्जबाट लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं - विराटनगर महानगरपालिका १५ बाट नियन्त्रित लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने २१ वर्षीय बिशाल खड्कालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिशाललाई लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच गर्नेक्रममा ३० ट्याब्लेट नाईट्रोसन, २० एम्पुल लुपिजेसिक, २० एम्पुल एभिल, १० एम्पुल डाईजेल्याब, १० एम्पुल फेनारगन र १० एम्पुल डाईजेपाम सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका ८ बस्ने ३३ वर्षीय विजय खरेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका विजयलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया