एसराज, सुनिता र विकासको ‘मशानघाट–२’

काठमाडौं -अभिनेता एसराज गराच पछिल्लो समय बेव सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरु बेला–बेलामा सार्वजनिक भैरहेका छन् । नृत्यमा पारंगत यी अभिनेताले अभिनय गरेका पिरती बस्यो, सुरिताको दिदी, पिरतीको लुडो आदि गीतहरु पछिल्लो समय टिकटकमा समेत भाइरल भएका छन् ।
यसैबीच केही महिनाअघि सार्वजनिक भएको गायिका सुनिता खड्काको ‘मशानघाट’ शीर्षकको गीतको सिक्वेल अर्गात ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता गराचलाई नै मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । ‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन् । 'मशानघाट–२' का शब्दहरु गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।
केशवराज भट्टद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन् । । दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया