र्यापर साकारको वर्ल्ड टुर

काठमाडौँ - ‘लिटिल बुद्ध’का रुपमा परिचित र्यापर साकार दुई वर्षपछि ‘ड्रागन वर्ल्ड’ नामक एलबम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् । उनले एल्बम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’मा रहेर तीन गीत सार्वजनिक गरेका छन् ।
उनले वर्ल्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा र्यापर, गायकगायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ । उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैछन् । साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका हुन् ।
‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानीज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन् । साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया