गोलाको पेसी खै श्रीमान् ?
काठमाडौँ - न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोस्दै सर्वोच्चले बुधबारबाट गोला प्रणालीबाट पेसी तोक्न सुरू गर्यो ।
तर विडम्बना १ नियमावली संशोधन गर्दै बुधबारबाट सुरू भएको यो प्रणाली दोस्रो दिन आइपुग्दै अवरुद्ध भएको छ । कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा बिदामा छन् ।
प्रधानन्यायाधीशको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा १२९ को उपधारा ६ मा यस्तो व्यवस्था भए पनि नेपाल बारले जबराले कायममुकायम नतोकेको भन्दै अत्तो थाप्यो । जसका कारण गोलाबाट सार्वजनिक गरिएको पहिलो दिन (बुधबार)को अधिकांश सुनुवाइ प्रभावित भयो ।
नेपाल बारले संविधानको यो व्यवस्था स्पष्ट नभएको र प्रधानन्यायाधीशले लिखित कायममुकायम तोक्नै पर्ने अडान लिएपछि बिहीबार १० देखि साढे १० बजेभित्रमा गोलाद्वारा सार्वजनिक हुनुपर्ने इजलास यो समाचार तया पार्दासम्म गठन भएको छैन ।
नेपाल बारलाई छलफल गर्न भन्दै सर्वोच्चका न्यायाधीशहरूले बोलाएका छन् । सर्वोच्च अदालतमा यतिबेला बारका प्रतिनिधि र न्यायाधीशहरूबीच छलफल चलेका कारण पेसी सूची सार्वजनिक हुन नसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया