मुम्बईमा इतिहास रच्ने दाउमा न्युजिल्यान्ड

काठमाडौँ- न्युजिल्यान्ड क्रिकेट टिम हाल भारत भ्रमणमा छ । भ्रमण दौरान उसले घरेलु टिमसँग तीन टी–ट्वान्टी खेलिसकेको छ । यी तीनै खेलमा हारेको न्युजिल्यान्डले पहिलो टेस्टमा चाहिँ भारतसँग बराबरी खेल्यो । अब दोस्रो टेस्ट शुक्रबारबाट सुरु हुँदैछ । यो टेस्ट मुम्बईमा खेलिँदैछ ।
यो खेलमा भारतलाई निराश बनाउन आफहरू आत्मविश्वासी रहेको न्युजिल्यान्डका बलर अजाज पटेलको भनाइ छ । मुम्बईमा भारतलाई पराजित गरेर टेस्ट श्रृंखला जित्दै इतिहास रच्ने दाउमा आफूहरू रहेको पटेलले बताए । संयोगवश पटेल मुम्बईमै जन्मेका थिए । उनको परिवार सन् १९९६ मा मुम्बईबाट न्युजिल्यान्ड बसाइ सरेको थियो ।
‘हामीले यो टेस्ट श्रृंखला जित्ने सम्भावना छ । भारतीय भूमिमा टेस्ट जित्ने इतिहास कोरिनेछ । यहाँ सफल हुन कति गाह्रो छ भन्नेबारे हामी जानकार छौँ,’ पटेलले भने । विश्व टेस्ट च्याम्पियनसिप विजेता न्युजिल्यान्डले भारतीय भूमिमा अहिलेसम्म टेस्ट श्रृंखला जित्न सकेको छैन । यति मात्रै होइन उसले सन् १९८८÷८९ को भ्रमणयता भारतमा टेस्ट खेल नै जितेको छैन ।
‘यो टिम विशेष छ । इतिहास रच्न सक्षम छ । हामीले विगत हेर्न जरुरी छैन । हामी वर्तमानमा केन्द्रित छौँ । विश्व टेस्ट च्याम्पियनसिपमा हामीले भारतलाई पराजित गरेका थियौँ । फेरि त्यही नतिजा दिन हामी आत्मविशवासी छौँ,’ पटेलले भनेका छन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया