शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

बेलायतमा एकै दिन ५४ हजारमा कोरोना संक्रमण

लण्डन- बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।