राष्ट्रपति सिको सन्देश बोकेर चिनियाँ नेताहरू आउँदै
नेकपा मिलाउन कस्सियो छिमेकी चीन

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एक उच्च स्तरीय राजनीतिक टोली काठमाडौँ आउने भएको छ । सीपीसीको अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको नेतृत्वमा छ सदस्यीय टोली आइतबार विहान काठमाडौं ओर्लन लागेको नेकपा नेतृत्वले जानकारी दिए।
उनीहरू नेकपाको पछिल्लो अवस्था देखेर मध्यस्तताका लागि पहल गर्न आउन लागेका दुवै खेमाका नेताहरूले बताए । चीनको प्रयास प्रशंसनिय रहे पनि निकै ढिला भैसकेको पनि ति नेताहरूले भने । यसअघि पनि नेकपा पटक-पटक फुटको नजिक पुग्दा चीनको पहलकदमीमा रोकिएको नेकपा नेताहरूले बोल्दै आएका छन् ।
यसपटक चीनको काठमाडौँमा रहेको संयन्त्रले नेकपाको विवाद यो तहमा पुगेको थाहा नै पाएन । यसबारे चिनियाँ राजदूत होउ यान्छीले समयमा नै विकसित घटना बेइजिङ नपुर्याउँदा उनीहरू आउन समेत ढिला भएको चिनियाँ अधिकारीले बताए ।
विकसित राजनीतिक घटनाक्रम अध्ययन गर्न र कम्युनिष्टहरूलाई मिलाउन भन्दै राष्ट्रपति सिको विशेष निर्देशनमा उनीहरू काठमाडौँ आउन लागेका हुन् । विभाजनमा गएको नेकपाको दुवै पक्षका नेताहरूलाई सल्लाह दिँदै एकताकालागि जोड गर्न उनीहरु चार दिन काठमाडौँमा रहनेछन् । उक्त छ सदस्यीय टोलीमा चार जना उच्च राजनीतिज्ञ नै छन भने अन्य दुई सरकारी अधिकारी हुन् ।
भारतीय दैनिक हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपतिको आदेशमा चार सदस्यीय राजनीतिक टोली काठमाडौँ आउन लागेको शनिबार लेखेको छ । उच्च चिनियाँ राजनीतिज्ञ तथा सरकारी अधिकारी गरेर छ जना आउन लागेकाे उक्त टोलीमा अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान पनि छन् ।
यस्तै प्रकारको टोली नै आएर पहिले नेकपालाई चिनियाँ कम्युनिष्टबारे प्रशिक्षण समेत दिएको थियो । अहिले उक्त टोलीलाई नेकपामा विग्रिएको अवस्था सुधार गर्ने जिम्मेवारी छ । उनीहरू आउने भएपछि राजदूत यान्छीले सबै नेताहरुसँग समय मिलाइ सकेकी छन् ।
राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष द्वय पुष्पकमल दाहाल र माधव नेपाल लगायत नेतालाई भेटिसकेकी छन् । उनले ति सबैकोमा उक्त टोली लिएर जानेछिन् । उनले नै भरपुर नेताहरुसँग छलफल गरिसकेकी छन् । टोली आइतबार आइपुगे लगत्तै दूतावासमा ब्रिफिङ लिनेछन् ।
त्यसपछि भेटघाट थाल्नेछन् । टोलीले राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरू भेट्ने छ । ओली खेमाको नेकपा होस या दाहाल नेपाल खेमाको नेकपा दुवै पक्षले यो पहलकदमी ढिला भइसकेको जानकारी उनीहरुलाई दिसके पनि प्रयासका लागि आउन लागेका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया