प्रतिनिधिहरुलाई डा. शेखरको आग्रह- युग सुहाउँदो कांग्रेस निर्माणको पक्षमा उभिनुहोस्

विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भविष्यको कांग्रेस निर्माणका लागि सम्पूर्ण प्रतिनिधिहरुलाई अन्तरआत्माको कुरा सुन्न आग्रह गरेका छन् ।
को नेतृत्वमा पुग्छ भन्दा पनि कस्तो कांग्रेस निर्माण गर्ने सोही अनुसार अन्तरआत्माको पुकार सुन्न कोइरालाले सबैलाई आग्रह गरेका हुन् ।
आज (शुक्रबार) प्रदेश १ को प्रदेश अधिवेशन उद्घाटन गर्दै कोइरालाले पार्टी गतिशील र उर्जावान बनाउन नेतृत्वमा नयाँ पुस्ता, नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता रहेको औल्याए ।
उनले भने, 'चालु महाधिवेशनले हामीलाई युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर दिएको छ ।' कांग्रेसको ईतिहाँस र संघर्षका गाथा जति बलिदानपूर्ण र गौरवशाली छ पार्टीको वर्तमान अवस्था ठिक नभएको कोइरालाको भनाइ छ । उनले विपीले देशमा संकट भए एक मुठी देशको माटो समाएर निर्णय लिन सुझाएको स्मरण गर्दै सबै प्रतिनधिलाई विवेक पुर्याउन सुझाव दिए ।
उनले भने, 'कांग्रेसमा अहिले देखिएको भागबन्डा, गुट र फुट अन्त्यकोलागि ती तमाम सहिदहरूलाई स्मरण गरेर भविष्यको कांग्रेसवारे अन्तरआत्माको पुकार सुन्नु पर्नेछ। त्यो अन्तरआत्माको आवाजवाट नयाँ कांग्रेस प्रस्फुटन हुनेछ ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया