राप्रपा अध्यक्षका लागि थापा र लिङदेनले गराए उम्मेदवारी दर्ता
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दर्ता गराएका छन् ।
शुक्रबार समर्थकहरुसहित राष्ट्रिय सभागृह पुगेर थापा र लिङ्देनले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता पछि थापाले राप्रपालाई बलियो पार्टी बनाउने दावी गरे । पार्टीमा युवालाई प्राथमिकता दिने र राष्ट्रियताको रक्षा र भ्रष्टाचारमुक्त नेपाल निर्माणमा सशक्त भूमिका निर्वाह गर्ने उनले बताए ।
त्यस्तै लिङदेनले राप्रपाको भविष्य र राप्रपाले उठाएको मद्दालाई स्थापित गर्न नेतृत्व परिवर्तन अनिवार्य भएकाले उम्मेद्वारी दिएको बताए । उनले राप्रपामा युवाको आवश्यकता रहेको भन्दै आफ्नो विजय सुनिश्चित रहेको दाबी गरे ।
त्यस्तै महामन्त्रीमा रेखा थापाले पनि उम्मेद्वारी दर्ता गराएकी छिन् । राप्रपामा एक अध्यक्षसहित ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् । त्यस्तै १ सय ४१ केन्द्रीय सदस्य पनि निर्वाचनबाटै आउने राप्रपाले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया