अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले थ्री स्टारसँग अंक बाँड्यो

काठमाडौँ - सुरुवाती अग्रता जोगाउन नसक्दा फ्रेन्ड्स क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारसँग अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले निर्धारित समयमा १-१ गोलको बराबरी खेल खेल्दै अंक बाँडेका हुन् ।
खेलमा दुवै समूहबाट दोस्रो हाफमा मात्रै गोल भएको थियो । खेलमा अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । ५१औं मिनेटमा फ्रेन्ड्सका नथानीयल जुड गार्सियाले अग्रता लिए । कप्तान प्रकाश बुढाथोकीले लेफ्ट विंगबाट गरेको क्रस बललाई बक्सभित्र रहेका ट्रिनिडाड एन्ड ट्रिबागोका खेलाडी गार्सियाले हेड मार्फत उत्कृष्ट गोल गरेका थिए ।
मिक्छेन तामाङले थ्री स्टारका लागि बराबरी गोल फर्काए । खेलको ८२ मिनेटमा रितिककुमार खड्काले गरेको क्रसलाई पेनाल्टी क्षेत्रबाट अनमार्क रहेका मिक्छेनले सहज गोल गरे ।
यसअघि ५० मिनेटमा थ्री स्टारले अग्रता लिने अवसर गुमायो । संजोक राईको पासलाई बक्सभित्र रहेका रितिककुमार खड्काले फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवसँगको वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन् । सोही रिबाउन्ड बललाई अगाडि बढाउँदै फ्रेन्ड्सले गोल गरेको थियो ।
७५औं मिनेटमा थ्री स्टारका संजोक राईले बराबरी गर्ने अवसर गुमाए । संजोगले बक्सको बाहिरबाट गरेको लामो प्रहार गोलकिपर बिट भएको अवस्थामा दोस्रो बारमा लागेर फर्कियो । ८५ मिनेटमा समेत संजोक गोलबाट टाढा रहे । संजोकको प्रहार डिफेन्डर रोनिल एन्थोनी पौलले गोल लाइनबाट हेड गर्दै बचाएका थिए ।
प्रतियोगितामा फ्रेन्ड्सको यो दोस्रो बराबरी हो । यसअघि फ्रेन्ड्स सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा संकटासँग २–१ अन्तरले पराजित भएको थियो । फ्रेन्ड्सको तीन खेलबाट २ अंक भएको छ ।
थ्री स्टारको यो पहिलो बराबरी हो । पहिलो खेलमा च्यासल युथलाई ३-० ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटोसँग १-० ले स्तब्ध भएको थियो । थ्री स्टारको तीन खेलबाट ४ अंक भएको छ । खेलको म्यान अफ दि म्याच फ्रेन्ड्सका गोलकर्ता गार्सिया भए । आजै ४:४५ बजे सुरु हुने दोस्रो खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र विभागीय एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

प्रतिक्रिया