अध्यक्षमा उम्मेदवारी दर्ता पछि कमल थापाले भने- अत्यधिक बहुमतबाट विजयी हुन्छु
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल गर्ने बताएका छन् । उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताएका हुन् ।
अध्यक्ष थापाले शीर्ष नेताहरु सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले निर्वाचन जित्ने दाबी गरे । उनले पार्टीमा युवा नेतृत्व आउनु शुभ संकेत भएको बताउँदै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्न, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक सफलता हासिल गराउन नेतृत्वका लागि पुनः उम्मेदवारी मनोनय दर्ता गराएको बताए ।
अध्यक्ष थापाले अब आफू नेतृत्वमा चुनिएपछि नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने बताए ।
अध्यक्ष थापाले भने, ‘ युवा नेतृत्व आउनुलाई मैले अत्यन्तै सकारात्मक शुभ संकेतको रुपमा लिएको छु । हाम्रो पार्टीमा नयाँ र युवा पुस्ता तयार हुँदैछ भन्ने यो संकेत हो । हामीले दिएको उम्मेदवारीको तीन वटा उद्देश्य छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्ने, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने, आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक सफलता हासिल गराउने, नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने । आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै फुट्ने छैन । अब राप्रपाको एकता महाधिवेशन फेरि गरिराख्नु पर्ने आवश्यक्ता पर्दैन । हामीले यो निर्वाचनमा अत्यधिक बहुमतबाट विजय हासिल गर्छौं, त्यसपछि राजेन्द्र लिङदेन लगायत सबैलाई समेटेर हामी अगाडि बढ्छौँ । शीर्ष नेताहरुको विश्वास लिन सके÷नसकेको भन्ने विषयमा म टिप्पणी गर्न चाहन्न, सबैको सद्भाव, स्नेह हामीलाई प्राप्त छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया