अध्यक्षमा दुई, उपाध्यक्षमा आठ र महामन्त्रीमा ६ जनाको मनोनयन दर्ता

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशनमा आज मनोनयन दर्ताको दिन पदाधिकारीमा १६ जनाले मनोनयन दर्ता गराएका छन् ।
अध्यक्षमा दुई, उपाध्यक्षमा आठ र महामन्त्रीमा ६ जनाले मनाेनयन दर्ता गराएका हुन् ।
पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयावधि भित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया