जुम्ल्याहा जोडीको त्रिशुली किनारमा ‘छल छल’
काठमाडौँ - टिकटकबाट म्युजिक भिडियोमा छाउनेमा प्रिज्मा र प्रिन्सी खतिवडा एक नम्बर छन् । यस्तै पुरुषतर्फ अमर र अमृत दाहाल पनि टिकटकमा उत्तिकै लोकप्रिय छन् । यी दुवै जोडीको समान विशेषता के हो भने दुवै जुम्ल्याहा हुन् । यिनै जुम्ल्याहा जोडीलाई लिएर विधान कार्कीले ‘छल छल’बोलको गीतमा भिडियो बनाएका छन् ।
शुक्रबार सार्वजनिक भएको गीतमा दुवै जोडी त्रिशुली किनारमा छमछमी नाचेका छन् । गीतमा संगीत र एरेन्ज अर्जुन पोखरेलको हो भने गीतका शब्द लेखेका छन् दिनेशराज पुरीले । गीतलाई छायांकन गरेका छन् नवराज उप्रेतीले । गीतमा दुर्गा खरेल र सरोज साजन श्रेष्ठको स्वर रहेको छ ।

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

श्रीमान् र सन्तानलाई छाडेर वैदेशिक रोजगारीमा जाने महिलाको पीडा गीतमार्फत

प्रतिक्रिया