बङ्गलादेशी पाहुनाले गरे कृषि सहकारीको अवलोकन
काठमाडौँ - बङ्गलादेशी पाहुनाहरुले आज काठमाडौँमा रहेको मनमुरी कृषि सहकारीको अवलोकन भ्रमण गरेका छन् । नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा यही १३ गते काठमाडौँ आइपुगेका १० सदस्यीय टोली पोखराबाट फर्केलगत्तै उक्त सहकारीको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा बङ्गलादेशबाट आउनुभएका डा नजमुद्दीन अल हुसाइनीले मनमुरी कृषि सहकारी संस्थाले नमूनाका रूपमा काम गरेको बताए ।
कृषिविना मानव जीवन असम्भव भएको र अर्थतन्त्र बलियो बनाउन पनि कृषि सहकारीमार्फत अघि बढ्नुपर्ने धारणा डा हुसाइनीले राखे । सङ्घका अध्यक्ष दीनदया रिजालले बङ्गलादेश र नेपालको सम्बन्ध थप उचाइमा पु¥याउन दुई देशबीच कला, साहित्य संस्कृति, पर्यटन, कृषि सहकारी जस्ता विषयमा मिलेर काम गर्नुपर्ने बताए ।
उनका अनुसार नेपाली प्रतिनिधिमण्डलले पनि छिट्टै बङ्गलादेशको भ्रमण गर्नेछ । बङ्गलादेशबाट आउने टोलीमा चिकित्सक, कृषिविज्ञ, समाजसेवी र व्यापारीेको सहभागिता रहेको छ । सङ्घको निमन्त्रणमा बङ्गलादेशका पाहुना सोमबार नेपाल आएका हुन् । पाहुना आगामी हप्ता स्वदेश फर्कने कार्यक्रम छ । रासस

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

प्रतिक्रिया