बुटवलमा ‘भाँडाकुटी’ खेल्न दुई हिरोइनको खोजी

काठमाडौं : सरकारले फिल्म सुटिङ खुला गरेसँगै धमाधम फिल्महरू फ्लोरमा जाने आस गरिएको थियो । तर, जाडोका कारण फिल्मकर्मी उतिसारो तातिएका छैनन् । धेरै फिल्मकर्मी प्रिप्रडक्सनको काम गरिरहेका छन् । यस्तैमा फागुन १ गते सुटमा जाने भनिएको फिल्म ‘भाँडाकुटी’ले फिल्मका लागि थप दुई हिरोइन चाहिएको बताएको छ ।
दसैँ छेउछाउ घोषणा गरिएको फिल्ममा तीन हिरो र तीन हिरोइन रहने भनिए पनि निर्माण टिमले बाँकी दुई हिरोइनको टुंगो लगाउन सकेको थिएन ।
सुत्रका अनुसार प्रोड्युसरहरू चलेकै हिरोइन लिने पक्षमा छन भने निर्देशक नयाँ अनुहारलाई मौका दिने अडानमा छन् । फिल्ममा बेनिशा हमाल र मुकुन भुसाल भने पहिले नै अनुबन्धित भैसकेका छन ।
बाँकी दुई हिरोको रुपमा रिजेन थापा र महावीर बिश्वकर्मा तय भैसकेका छन । रिजेन र महावीर कै जोडीका लागि निर्माण टिमले दुई हिरोइनको खोजी गरेको हो । फिल्मलाई किरण बिकले निर्देशन गर्न लागेका हुन् । निर्माण टिमले केही समय अघि कलाकारसहित बुटबलको विभिन्न स्थानमा लोकेसन स्काउटको गरेको थियो । फिल्मको सम्पूर्ण सुटिङ बुटबलमा हुने जानकारी गराइएको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया