गाउँपालिकाले इन्जिनियर पढाउने

तनहुँ - बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले त्यसको लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ । विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कूलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना रहेको छ ।
गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानीमा इन्जिनियर बनेपछि गाउँपालिकामा बसेर सेवा पनि गर्लान् भन्ने सोच पनि गाउँपालिकाको रहेको छ । रासस

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

प्रतिक्रिया