हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको संख्या बढ्यो
चितवन- चितवनको सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन एवम् तालिम केन्द्रमा स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेको छ ।
कोरोना महामारीका बेला सुनसान रहेको केन्द्रमा अहिले भने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्न थालेको हो । बाइसदेखि चौबीस महिनासम्म गर्भमा बसेर जन्मिने हात्तीको बच्चा हेर्न आउने पर्यटकको संख्या दिनहु बढ्न थालेको केन्द्रका नासु बनपुरण चौधरीले बताए ।
केन्द्रमा अहिले १० वटा माउ हात्ती र १० बटा बच्चा छन् । त्यस्तै केन्द्रमा गर्भवती हात्तीको स्याहारसुसार देखि जन्मेको तीन बर्षपछि आवश्यक तालिम दिएर निकुञ्जको कामकाजमा लगाउने गरिएको चौधरीले जानकारी दिए ।
सामान्यतया एउटा छावालाई तालिम दिन २० दिनदेखि तीन महिनासम्म लाग्ने गरेको चौधरीले बताए । हात्ती १४ देखि १५ वर्षमा पुगेपछि उनीहरू प्रजनन प्रक्रियामा संलग्न हुन्छन् त्यसपछि गर्भिणी हात्तीलाई केन्द्रमा ल्याउने गरिएको छ ।
नवलपुर, चितवन, पर्सा, मकवानपुरका क्षेत्र गरी ९५२ वर्गकिलोमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो, जुन विश्व सम्पदा सूचीमा सूचीकृत रहेको छ ।

गण्डक नहरबाट पर्याप्त पानी उपलब्ध नहुँदा रोपाइँ गर्न समस्या

जुम्लामा चट्याङबाट १९७ भेडा मरे

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

प्रतिक्रिया