राष्ट्रिय महिला भलिबल टिमको घोषणा

काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ । डिसेम्बर २१ बाट सुरु हुने प्रतियोगितामा भाग लिने नेपालले महिला टिमको घोषणा गरेको छ । प्रशिक्षक जगदिश भट्टले १५ खेलाडीलाई टिममा समावेश गरेका छन् । पुरुष टिम भने आइतबार मात्रै घोषणा गरिने बताइएको छ ।
२० खेलाडीको समूहबाट १५ जना खेलाडीलाई राष्ट्रिय टिमका लागि छानिएको हो । टिममा लक्ष्मी चन्द पनि परेकी छन् । उनी पहिलो पटक राष्ट्रिय टिममा परेकी हुन् । यसैगरी अन्य ६ खेलाडी टिममा फर्किएका छन् । शान्ती थारु, कविता भट्ट, कृपा अधिकारी, कामना विष्ट र सरस्वती जैशीले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । तर रेश्मा भण्डारी भने यसपटक टिममा अटेकी छैनन् । रेश्मासँगै पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी पनि यसपटक राष्ट्रिय टिममा परेनन् ।
टिममा परेका खेलाडीहरू:
प्रतिभा माली
सरस्वती चौधरी
शान्ति थारु
सुनिता खड्का
उषा भन्डारी
निरुता ठगुन्ना
सफिया पुन
कबिता भट्ट
मनिसा चौधरी
अरुणा शाही
कृपा अधिकारी
कामना विष्ट
लक्ष्मी चन्द
सलिना श्रेष्ठ
सरस्वती जैशी
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

प्रतिक्रिया