माघ ७ गते प्रदेशसभा बैठक बोलाउने प्रदेश १ को निर्णय

काठमाडौं : प्रदेश १ को मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले आगामी माघ ७ गते हिउँदे अधिवेशन तथा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले भौतिक पुर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ ।
त्यस्तै आज बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुध्द अविश्वास प्रस्ताव दर्ता भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल-माधवकुमार समूहका ३७ सांसद्ले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्तावमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । ९३ सांसद रहेको १ नम्बर प्रदेशमा दाहाल-नेपाल पक्षसँग ४० बढी सांसद् छन् । कतिपय दाहाल-नेपालका सांसद्हरु हस्ताक्षर गर्न छुटेको बताएका छन् । अब मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।
आजै बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएका थिए ।
'वर्तमान राष्ट्रिय राजनीतिमा घटेका घटनाक्रमहरुका कारणले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेकाले राजीनामा दिएका छौँ' उनीहरुले पत्रमा लेखेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया