सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

माओवादी केन्द्र खोटाङ-काठमाडौं सम्पर्क समिति अध्यक्षमा राई

खोटाङ - नेकपा माओवादी केन्द्र खोटाङ-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा गजेन्द्र राई चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न चौथो सम्मेलनले राईको अध्यक्षतामा ५५ सदस्यीय सम्पर्क समन्वय समिति गठन गरेको हो ।

सम्पर्क समन्वय समितिको उपाध्यक्षमा मुना राई, तेज राई र दुर्गाप्रसाद भण्डारी, सचिवमा नित्यराज दाहाल र कोषाध्यक्षमा प्रेमिला राई चयन भएका छन् ।

सहसचिव भनेपछि मनोनयन गर्नेगरी हाललाई रिक्त राखिएको नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष राजुविक्रम चाम्लिङले बताए । सम्मेलन नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राईले उद्घाटन गरेका थिए ।